
काठमाडौं । एसिया कप राइजिङ स्टारर्स अन्तर्गत समूह ‘बी’को दोस्रो खेलमा यूएईले नेपाललाई १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एण्ड टेक्नोलोजीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएई ३९ दशमलव ५ ओभरमा १२१ मा अलआउट भएको हो ।
यूएईका लागि मुहम्मद सहदादले सर्वाधिक ४० रन बनाउनुभयो । हरप्रित सिंहले ३२ रन बनाउँदा नोरुल्लाह अयोबीले १२ रन बनाउनुभययो । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालको लागि बलिङतर्फ सन्दीप लामीछाने र कुशल भुर्तेलले ३–३ विकेट लिनुभयो । नन्दन यादव, रासिद खान र ललित राजवंशीले १–१ विकेट लिनुभयो ।
नेपालले पहिलो खेलमा भारत ‘ए’ सँग ३०६ रनको हार बेहोरेको थियो ।







