डोटी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावितलाई राहात सरकारले दिने बताउनुभएको छ ।
बाढी प्रभावित क्षेत्रको निरिक्षणकालागि आईपुग्नुभएका प्रधानमन्त्री देउवाले बाढी पहिरोले घर भत्किएकाहरूको घर निर्माणका लागि आर्थिक सहयोग समेत गर्ने आश्वासन दिनुभएको छ ।
यस्तै उहाँले प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरूलाई बाढी पहिरो प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।
प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले एवं पूर्वमन्त्रीहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर निरिक्षणका लागि डोटि पुग्नुभएको हो ।
प्रधानमन्त्रीसहितको उक्त टोलीले बाढीबाट प्रभावित भएको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको निरीक्षण गर्ने बताइएको छ ।