काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज महामन्त्री पदको मतगणना हुने भएको छ। अहिले केहीबेरमा पार्टी कार्यालय सानेपामा मतगणना सुरू हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
मतगणनाअघि निर्वाचन समितिको बैठक बसिरहेको छ। कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।
सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा.शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा हुनुहुन्छ । यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार हुनहुन्छ