थप ३८ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

काठमाडौं । थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट २ हजार ८ सय १८ नमूना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार २ सय ८४ र एन्टिजेनबाट १ हजार ५ सय ३४ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३१ र एन्टिजेनबाट ७ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

थप ५२ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ।

हाल सक्रिय कोरोना संक्रमितको संख्या १ हजार १ सय २२ पुगेको छ।

Back to top button