एमालेका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष ओलीलाई

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आगामी निर्वाचनमा उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

अध्यक्ष ओलीको निवास बालकोटमा हिजो मध्यरातसम्म चलेको बैठकले सम्बन्धित कमिटी र नेताहरुसँग आवश्यक परामर्श लिएर उम्मेदवार चयन गर्ने निर्णय गरेको हो ।

यस्तै, अन्य दलहरुसँग तालमेलको कुरा टुंगिन बाँकी रहेकाले पनि थप छलफल गरेर मात्रै उम्मेदवारबारे निर्णय लिन नेताहरु सहमत भएका छन् ।

एमालेको जिल्ला र प्रदेशबाट ५६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रको उम्मेदवारमा एकल सिफारिस भएको छ । बाँकी निर्वाचन क्षेत्रमा एकभन्दा बढी आकांक्षीको नाम सिफारिस भएर आएको छ ।

Back to top button