स्नातकोत्तर तह चौथो सेमेष्टरको आजको परीक्षा नरोकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालू गरेको परीक्षा नरोकिने जनाएको छ। पोखरामा भएको हवाई दुर्घटनामा सरकारले आज शोक बिदा दिएपनि त्रिविको परीक्षा नरोकिने जनाएको हो ।

त्रिविको मानविकि तथा समाजशास्त्र सङ्कायका डिन प्रा.डा. कुसुम शाक्यले मानविकि सङ्कायले सञ्चालन गरेको आजको परीक्षा नरोकिने जानकारी दिनुभयो ।

उहाँको अनुसार मानविकि सङ्कायद्वारा प्रकाशित गरिएको परीक्षा तालिका अनुसार नै स्नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा सञ्चालन हुनेछ।

Back to top button