
लोकदोहोरी मोडलिङमा एक दशक बिताएका विमल अधिकारिले ‘भाइरल’हरुको जथाभावी प्रयोगले लामो समयदेखि गीत–संगीतमा लागिपरेका कलाकारहरुलाई समेत असर गरिरहेको बताए पछि उनि बिवादित बन्न पुगे ।
आफ्नै गीत ‘पछयौरी लिसियो’ले युट्युबमा एक करोड भ्यूज पाएको अवसरमा आयोजित कार्यक्रममा विमलले भने– ‘अहिले फलानोको खुट्टा भाँचियो, उसले गीत नै गाउनुपर्ने, उसले भिडियो नै खेल्नुपर्ने । स्टुडियो बाख्राको खोरजस्तो भैसक्यो ।’ विमलले उनीहरुलाई आर्थिक समस्या भए अन्य तरिकाले पनि सहयोग गर्न सकिने बताएका थिए ।
गीत–संगीत क्षेत्रमा ल्याउने हो भने पनि दिगो हुने तरिकाले ल्याउनुपर्ने बिमलको तर्क छ । ‘उहाँहरुलाई खान–लाउन समस्या छ भने अरु केही हिसाबले सहयोग गरौं । यसले उहाँहरुलाई पनि दीर्घकालिन असर गर्छ । तर, यसरी उहाँहरुको प्रयोग हुँदा प्रतिभा भएका कलाकारहको हत्या भईरहेको छ’ भन्दै बिमल आधिकारी ले भनेका थिए र उनि विवादित बन्न पुगेका थिए।
त्यसैगरि सचिन परियारको बुवा तेजेन्द्र परियारले बिमल अधिकारीको टिप्पणी माथि आपति जनाएका छन् । मंगलवार बेलुका सिलौटो रेस्टुरेन्ट मा पुण्य गौतम संग तेजेन्द्रले प्रेस मिट गर्दै गर्दा उनले आपति जनाएका हुन् । अरुले गाउदा केहि न हुने मेरो छोराले गाउदा चाहि स्टुडियो कसरि बाख्राको खोर भयो ? भन्ने तेजेंद्रको जवाफ छ। बिमल अधिकारिले राम्रो बोल्नु भएन उहाले हाम्रो रिस गर्नु भयो हामीले के गर्देको छौ ?गरिब छौ भनेर न हेपे हुन्छ भन्दै उहाले अन्तर्वार्ता दिनुन भएको थियो साथै बिमल अधिकारीले मलाइ फोन गरेर माफी माग्नू पर्छ । भन्ने उहाको भनाइ छ। हेर्नुस भिडियो सहित
: