प्रिती आले र पवन रानाको ‘आलु जस्तो केटी’ रिलिज

काठमाडौं । प्रिती आले र गायक पवन रानाको स्वरमा नयाँ गीत ‘आलु जस्तो केटी’ सार्वजनिक भएको छ । पवन र प्रितीको यो दोस्रो सहकार्य हो । यसअघि उहाँहरुले डेढ वर्षअघि ‘भुत्रो मायाजाल’बोलको गीत सार्वजनिक गर्नु भएको हो ।

गायक पवनले यसअघि गायिका प्रितीसँगको सहकार्यमा दर्शक तथा स्रोताले मन पराइदिनु भएकाले यसपटक पनि सहकार्यलाई अगाडि बढाएको बताउनु भयो । गीतमा शब्द प्रितीको र संगीत पवनको रहेको छ। एरेञ्ज भने विपिन आचार्यले गर्नुभएको हो।

गीतमा पवन र प्रितीसँगै रञ्जन पाण्डे र अलिसा शर्मा अभिनय रहेको छ । उक्त भिडियोलाई द नेक्स्ट ग्रुपका प्रदीप लामाले कोरियोग्राफी र निर्देशन गर्नुभएको छ ।

Back to top button