अजेय सेना निर्माण गर्ने उत्तर कोरियाको घोषणा

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ्गले कसैले हराउन नसक्ने ‘अजय’ सेनाको निर्माण गर्ने घोषणा गर्नुभएको छ ।

सेनाको हतियार परीक्षणको निरीक्षण गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

नेता किमले आफूले गरेको हतियार विकास युद्ध सुरु गर्न नभइ आत्मरक्षाका लागि मात्र रहेको उल्लेख गर्नुभएको छ ।

Back to top button