मोरङमा जताततै डुबान (तस्बिरहरु)

विराटनगर । बाढीले विराटनगरस्थित अधिकांश क्षेत्र डुबानमा परेको छ । केसलीया, धुधुवा, बस्ता र सिंघीया खोलाको बाढी र सुनसरी–मोरङ सिँचाई आयोजनाको नहरमा आएको पानीले एक हजारभन्दा बढी घर डुबानमा परेको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताउनुभयो ।

जिसीका अनुसार जिल्लाको सीमावर्ति पालिकाहरु जहदा, धनपालथान गाउँपालिका, रंगेली, सुनबर्षी र रतुवामाई नगरपालिका डुबानमा छन् । जिल्लामा हालसम्म कुनै मानवीय क्षति नभएको तर सर्वसाधारणको घर, खेत डुबानमा परेको उहाँले बताउनुभयो । मिक्लाजुङ गाउँपालिकामा दुई वटा घर बाढीले बगाएको छ ।

पूर्व–पश्चिम राजमार्गस्थित चिसाङ खोला र जहदा गाउँपालिकास्थित भाथिगछमा लोहन्द्रा खोलाको पुलसमेत जोखिममा रहेको जिसीले बताउनुभयो ।

Back to top button