गायिका प्रविशा अधिकारी विवाह बन्धनमा

काठमाडौं । गायिका प्रविशा अधिकारी विवाह बन्धनमा बाँधिनु भएको छ । उहाँले निर्माण सिटौलासँग आज लगनगाँठो कस्नु भएको हो । प्रविशा र निर्माणको विवाह समारोह झापा चारपानेस्थित अधिकारीकै निवासमा चलिरहेको छ ।

पेसाले इन्जिनियर रहनु भएका निर्माण अमेरिका निवासी भए पनि दुवै परिवारको सहमतिमा निर्माणसँग आफूले विवाह गर्न लागेको प्रविशाले केही समय अगाडि बताउनु भएको हो । प्रविशा र निर्माणको इन्गेजमेन्ट केही दिनअगाडि झापामै भएको थियो ।

चलचित्र र आधुनिक गरेर उहाँले थुप्रै गीतमा स्वर दिनुभएको छ । प्रविशा केही दिन अगाडिबाट सुरु भएको रियालिटी शो ‘द भ्वाइस किड्स’ मा जर्जको रुपमा रहनु भएको छ ।

 

Back to top button