‘बुलबुल’ का निर्देशक विनोदले बनाउँदै ‘रबर सिटी’

काठमाडौं । फिल्म ‘रबर सिटी’ निर्माण हुने भएको छ । चर्चित फिल्म ‘बुलबुल’ का निर्देशक विनोद पौडेलले दोस्रो फिल्मको ‘रबर सिटी’ घोषणा गर्नुभएको हो ।

‘बुलबुल’ बाटै निर्देशनमा डेब्यु गर्नुभएका उहाँले फिल्मको एक पोस्टर जारी गर्दै निर्माण प्रारम्भिक जानकारी दिनुभएको हो । अमेरिकामा छायाङ्कन हुने बताइएको फिल्मका लागि अहिलेसम्म रुपमा विक्रमकुमार शर्मा र राधा लम्साल कलाकारको रुपमा छानिनुभएको छ ।

दुबैको अलवा ‘साँघुरो’ फिल्मका अभिनेता सुशांक मैनाली पनि फिल्मको मुख्य भूमिकामा रहनुहुने छ । यसैगरि ंविनोदकै लेखन रहेको फिल्मका निर्माता अविरल थापा हुनुहुन्छ । फिल्ममा अंकित पौडेलको छायाङ्कन रहेनछ ।

निर्देशक पौडेलले ‘एक्रोन इन्टरनेसनल’को रुपमा यो फिल्मको काम सुरु गर्नुभएको थियो । क्रोनलाई अमेरिकनले रबर सिटीको रुपमा पनि बोलाउने गरेको छ । निर्देशक पौडेलले फिल्मका चरित्रको आयातन र सहरको पुरानो चिनारी मिल्दोजुल्दो भएकाले यो नाम जुराएको बताउनुभयो ।

यस फिल्मको छायाङ्कन नयाँ वर्षको मार्चमा हुनेछ । फिल्ममा अबिरलका अलवा किर्तना बाँस्कोटा, यतिन परखानी, भक्त रिजाल र राजु पौडेल निर्माताको रुपमा रहनुहुनेछ । अवेकन प्रडक्सन र बाँस्कोटा प्रडक्सनले संयुक्त रुपमा निर्माण रहने फिल्मको बजेट ६ रहने बताइन्छ ।

Back to top button