ओमिक्रोनको संक्रमण बढेपछि इटालीमा लगाउन थालियो प्रतिबन्ध

काठमाडौं । इटालीमा पछिल्लो समयमा कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्दै गएपछि भेला हुन प्रतिबन्ध लगाइएको छ । स्वास्थ्य सजगता अपनाउँदै स्वास्थ्यका मापदण्डहरुमा कडाई गरिएको छ ।

पछिल्लो समयमा क्रिसमसका कार्यक्रमहरुमा बढी नागरिकहरुको आवतजावत र जम्मा हुने भएकाले त्यसमा समेत कडाई गरिएको बताइएको छ । इटालीको मन्त्री परिषदले क्रिसमस तथा नयाँ वर्षका अवसरमा जम्मा हुन प्रतिबन्ध लगाएको छ ।

नागरिकहरुलाई सार्वजनिक रुपमा भेला नहुन निर्देशन गरिएको छ । विभिन्न क्षेत्रमा प्रतिबन्ध लगाइएको छ । रात्रि क्लबहरू र डिस्कोमा आगामी जनवरी ३१ सम्मका लागि प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै दिउँसोको समयमा पनि धेरै जना व्यक्ति भेला हुन नपाउने नियम बनाइएको छ । प्रत्येक दिन नयाँ भेरियन्ट ओमिक्रोनका सङ्क्रमितहरु देखिने गरेका छन् । साथै पछिल्लो समयमा डेल्टा भेरियन्टको प्रकोप पनि बढ्दो देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

Back to top button