चर्चित भारतीय गायक तथा संगीतकार बप्पी लहरीको निधन

काठमाडौं । भारतीय चर्चित गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ। आज बिहान मुम्बईस्थित सिटी केयर अस्पतालमा उहाँको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय संगीतका चर्चित हस्ती ७० वर्षीय लहरी ‘बप्पी दा’ को नामले परिचित हुनुहुन्थ्यो । सन् १९५२ मा कलकत्तामा जन्मनु भएका उहाँको पारिवारीक माहैल नै सांगीतिक थियो । बप्पीका पिता अपरेश लहरी प्रसिद्ध बंगाली गायक हुनुहन्थ्यो भने आमा बनसरी प्रसिद्ध शास्त्रीय संगीतकार ।

१९ वर्षको उमेरदेखि नै संगीत निर्देशकको काम सुरु गर्नुभएका बप्पी दाले सन् १९७२ मा बंगली फिल्म ‘दादू’ मा पहिलो पटक संगीत दिनुभएको थियो । बलिउडका सयौं फिल्मका चर्चित गीतहरुमा संगीत दिनुभएका लहरीलाई भारतको डिस्को बादशाह समेत भनिन्थ्यो।

सार्वजनिक कार्यक्रमहरुमा प्रस्तुत हुँदा गला र हातमा सुनका ठूल्ठूला सिक्री लगाएर प्रस्तुत हुने बप्पी दा गहना र नगद बाँड्ने कामका लागि पनि चर्चित हुनुहुन्थ्यो ।

Back to top button