विराटनगर महानगरमा कांग्रेसबाट मेयरका उम्मेदवार कोइरालाले गर्नुभयो मतदान

विराटनगर । स्थानीय तहको निर्वाचन अन्तर्गत आज देशभर भइरहेको मतदानका क्रममा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार नागेश कोइरालाले मतदान गर्नुभएको छ । कोइरालाले विराटनगर– ७ स्थित सरस्वती मावि केन्द्रबाट मतदान गर्नुभएको हो ।

बिहान ८ बजे मतदान केन्द्र पुग्नुभएका कोइरालाले मतदान गर्दै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिकृया दिनुभएको छ । उहाँले स्थानीय तहको निर्वाचनमा विराटनगरमा गठबन्धनका सबै उम्मेदवार बिजयी हुने बताउनुभयो ।

Back to top button