उम्मेदवार चयन गर्न माओवादीको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पदाधिकारी बैठक बोलाउनुभएको छ । आइतबार बिहान सत्ता गठबन्धनको बैठकमा राष्ट्रिय सभामा सिट बाँडफाँटको टुंगो लागेपछि उम्मेदवार चयन गर्न अध्यक्ष प्रचण्डले पदाधिकारी बैठक बोलाउनुभएको हो ।

माओवादी केन्द्रका सचिव गणेश शाहले गठबन्धनको बैठक लगत्तै पार्टीको पदाधिकारीको बैठक बसेर राष्ट्रिय सभाका उम्मेदवारको टुंगो लगाउने जानकारी दिनुभयो । सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसलाई १०,नेकपा माओवादी केन्द्रलाई ६,एकीकृत समाजवादीलाई २ र जनता समाजवादीलाई १ सिट पाउनेगरी टुंगो लगाएको छ।

राष्ट्रियसभा निर्वाचनको भोलि मनोनयन हुँदैछ। आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदैछ । राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ ।

Back to top button