सवारी दुर्घटनामा काका-भतिजको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ स्थित खनार चोकमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेको प्रहरीले जनाएको छ । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार मृत्यु हुनेहरू काका भतिज हुन् ।

विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्र १–०२–०४१ प ६६१९ नं को मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्र १–०२–००१ क ४५७८ नं को ट्रकले ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते हुनुभएको थियो । उहाँहरुको उपचारका क्रममा मृत्यु भएको हो । ट्रक चालक इटहरी–२ का ३० वर्षीय प्रदीप कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Back to top button