ईटहरीमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

धरान । सुनसरीको ईटहरी उपमहानगरपालिका–२ हलगडा चोकमा गएराति कारको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

कारको ठक्करबाट भोजपुर घर भएका ५२ वर्षीय जयबहादुर राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक सुभाष केसीले जानकारी दिनुभयो ।

धरानबाट ईटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२९ च ९४५९ नम्बरको कारले बाटोमा हिँडिरहेका राईलाई ठक्कर दिँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो ।

भोजपुरको हतुवागढी गाउँपालिका–६ घर भई ईटहरी–२ हलगडामा बस्दै आउनुभएका राईको उपचारको क्रममा बिपी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताउनुभयो । ठक्कर दिने चालक र कारलाई इटहरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

Back to top button