सुनको मूल्य बढ्यो, तोलाको १ लाख ३६ हजार ८ सय

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ५ सयले बढेको हो ।

हिजो प्रतितोला १ लाख ३६ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने १ लाख ३६ हजार ८ सय निर्धारण भएको छ ।

यस्तै, तेजावी सुन सोमबार प्रतितोला १ लाख ३५ हजार ६ सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने १ लाख ३६ हजार १ सय ५० निर्धारण भएको छ ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा १५ ले बढेर १ हजार ७ सय कायम भएको छ ।

Back to top button