मलाई प्रधानमन्त्रीको रुचि छैन : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अब प्रधानमन्त्री बन्ने इक्षा नभएको बताउनुभएको छ ।

आज एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले देश ओरालो लागिरहेको बेलामा प्रधानमन्त्रीको कुर्सीमा लडाइँ गर्नु उपयुक्त नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘नयाँ समीकरणमा प्रधानमन्त्रीको कुरा चलेको छ। त्यसबेलै मैले प्रधानमन्त्रीमा आफ्नो रुचि नभएको अहिलेको समीकरण बदल्न चाहेको, प्रधानमन्त्रीको पद धेरै ठूलो कुरा होइन, प्रधानमन्त्रीको पद धेरै महत्त्वपूर्ण पनि हो। त्यसभित्रबाट नेतृत्व गरिन्छ। तर, यतिबेला देश ओरालो लागिरहेको छ हामी प्रधानमन्त्रीको कुर्सीका लागि लडिरहन्छौँ भने प्रधानमन्त्री नभएरै पनि ओरालो लाग्ने क्रमलाई रोक्ने बाटोतिर जाँदैनौँ भने राम्रो हुँदैन।’

Back to top button