कोशी प्रदेश सभाको सचिवमा पुन: पराजुली नियुक्त

विराटनगर । कार्यकाल पुरा गरेर अवकास पाउन लाग्नुभएका गोपालप्रसाद पराजुली कोशी प्रदेशसभाको सचिवमा पुनः नियुक्त हुनुभएको छ ।

सभामुख अम्बरबहादुर बिष्टको सिफारिसमा आज प्रदेश प्रमुख परशुराम खापुङले पराजुलीलाई पुनः सचिवमा नियुक्त गर्नुभएको हो ।

पराजुलीको पदावधि यही वैशाख ८ गतेसम्म रहेको थियो । पोखरेल यसअघि २०७६ वैशाख १२ गते प्रदेश सभाको सचिवमा नियुक्त हुनुभएको थियो ।

उहाँलाई नेपालको संविधानको धारा १९५ (१) अनुसार सभामुख विष्टले सचिवमा नियुक्तिको सिफारिस प्रदेश प्रमुखसमक्ष गर्नुभएको थियो । थिए । प्रदेशसभा सचिवको पदावधि ५ वर्षको हुने कानुनी व्यवस्था छ ।

कार्यकाल पुरा गरेपछि पनि पुनः एक कार्यकाल पुनःनियुक्ति हुनसक्ने कानुनी प्रावधान अनुसार पराजुलीले निरन्तरता पाउने हुनुभएको हो ।

Back to top button