बारामा ट्यांकरको ठक्करबाट एक प्रहरी जवानको मृत्यु

जनकपुर । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार रहेको प्रहरीले जनाएको छ । उहाँको उपचारको क्रममा परवानीपुरस्थित एल.एस. न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सोमबार राति १० बजेर ४० मिनेटको समयमा परियार चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले जितपुर सिमरा उपमहानगरपालिका–२ सञ्चार नजिक पछाडिबाट ठक्कर दिएको थियो ।

Back to top button