मधेश प्रदेश सभामा जनमतको नाराबाजी, बैठक स्थगित

काठमाडौं । जनमत पार्टीले अवरोध गरेपछि मधेश प्रदेश सभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

आज मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बोलाइएको हो । सभामुखले बैठक सुरू गरेलगत्तै जनमत पार्टीका सांसद चन्दन सिंहले सरकारले गरेको प्रतिवद्धता पूरा गर्नुपर्ने माग राख्नुभयो ।

माघ ८ गते कृषि विश्वविद्यालयको उद्घाटनमा जनमत पार्टीका सांसद महेशप्रसाद यादवमाथि आक्रमण भएको थियो । फागुन ६ गते मुख्यमन्त्रीले तेस्रो पटक विश्वासको मत लिंदा उक्त घटनाको बारेमा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरिएको थियो ।

आज चौथो पटक मुख्यमन्त्रीले विश्वासको मत लिंदा जनमत पार्टीले उक्त कुरा पूरा नभएको भन्दै बैठक अवरोध गरेको हो ।

Back to top button