आज रामनवमी, श्रीरामको पूजा आरधना गरिदै

विराटनगर । आज चैत शुक्ल नवमी अर्थात रामनवमी पर्व । हिन्दु धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गर्छन्।

हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ । संस्कृतिविद् रामदयाल राकेशका अनुसार रामचन्द्र भगवानको जन्मदिन भएकाले यो पर्व हिन्दु धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो ।

आजको दिन विभिन्न राम मन्दिरहरूमा विहानै देखि घुँईचो लागेको छ । यस्तै मिथिला क्षेत्रमा रामनवमी पर्व धुमधामका साथ मनाउने गरिन्छ ।

Back to top button