एन्फा उपाध्यक्ष लामा पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ पर्नुभएको छ । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिनुभयो ।

दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार हुनुहुन्थ्यो । उहाँ उच्च अदालत पाटनबाट २०६४ सालमा दोषी ठहर हुनुभएको थियो ।

उहाँलाई अदालतमा उपस्थित पेस गरिएको प्रहरीले जनाएको छ ।

Back to top button