विराटनगरमा सभा सम्मेलन गर्न प्रशासनको रोक

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा सभा, सम्मेलन नगर्न अनुरोध गरेको छ । विराटनगर १५ र १७ नम्बर वडामा हिजो दुई समूहको झडप भएपछि प्रशासन कार्यालयले सूचना जारी गर्दै यस्तो रोक लगाएको हो ।

जिल्ला सुरक्षा समितिमा छलफल भई मोरङ जिल्लाको शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न आज विहान १० बजे देखी अर्को आदेश नभएसम्मका रोक लगाइएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार साहले जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय मोरङसँग समन्वय नगरी राजनैतिक सभा, सामाजिक भेला, धार्मिक गतिविधि लगायत सवै प्रकारको र्‍याली, भेला, प्रदर्शन कार्यक्रम नगर्न–नगराउन हुन सम्बन्धित सवैलाई आग्रह गरिएको छ ।

Back to top button