एनपीएलः विराटनगर किंग्स र पोखरा एभेन्जर्स तथा कर्णाली याक्स र लुम्बिनी लाइन्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्स भिड्दैछन् । दोस्रो खेल कर्णाली याक्स र लुम्बिनी लाइन्सबीच हुनेछ ।

पाँच खेल खेलेको विराटनगर दुई जित र तीन हारसहित चार अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ भने पाँच खेल खेल्दा एकमा मात्र जित निकाल्दै पोखरा दुई अंकका साथ तालिकाको पुछारमा छ।

यसैगरी, दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लाइन्स भिड्नेछन्। पाँच खेलबाट दुई जित र तीन हार बेहोरेको कर्णाली चार अंकसहित सातौं स्थानमा छ। लुम्बिनी लाइन्स भने पाँच खेलबाट तीन जित, एक हार र वर्षाका कारण रद्द भएको एक खेलबाट अंक बाँड्दै सात अंकसहित तालिकाको तेस्रो स्थानमा छ।

Back to top button