खोलामा खाल्डोभित्र लुकाईएको गाँजा बरामद

सप्तरी । सप्तरीको बलान खोलाको बीचमा खाल्डो भित्र लुकाइराखिएको ठूलो परिमाणको गाँजा प्रहरीले बरामद गरेको छ ।

सप्तरी र सिरहाको सीमा क्षेत्रमा रहेको बलान बिहुल गाउँपालिका–४ स्थित खोलाको बीच भागमा लुकाइएको २३१ किलो ८०० ग्राम गाँजा फेला परेको हो ।

गाँजा लुकाएर राखिएको विशेष सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले राति करिब १ बजे उक्त स्थानमा खोजतलास गरेको थियो । सोही क्रममा खाल्डोभित्र लुकाइएको गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको हो ।

उक्त गाँजा कस्ले राखेको भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button