काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले नौ केन्द्रीय विभाग गठन गरी विभाग प्रमुख तथा सदस्यहरुको नाम पारित गरेको छ ।
स्कुल विभाग प्रमुखमा पार्टी अध्यक्ष केपी शर्मा ओली, , संगठन विभागमा विष्णुप्रसाद पौडेल, आर्थिक विभागमा विष्णु रिमाल, संसदीय विभागमा सुभाष नेम्वाङ, विदेश विभागमा राजन भट्टराई, प्रचार विभागमा प्रदिपकुमार ज्ञवाली, पर्यटन तथा प्रवद्र्धन विभागमा भानुभक्त ढकाल, निर्वाचन विभागमा अग्नीप्रसाद खरेल, स्थानीय तह विभाग देवेन्द्र दाहालको नेतृत्वमा गठन गर्ने निर्णय गरेको हो ।