काठमाडौं । गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘मखमली’ सार्वजनिक भएको छ । विनोद केसीको रचना रहेको गीतमा लक्की सिटौलाको संगीत तथा लक्कीका र अञ्जु पन्तको स्वर रहेको छ।
काठमाडौंको विभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको उक्त गीतको भिडियोमा मोडलहरु सुदर्शन भट्टराई तथा सगुन शाहीले अभिनय रहेको छ। भने गीतको म्युजिक भिडियो विनोदले नै निर्देशन गर्नुभएको हो । भिडियोमा करण चौसिरको छायांकन तथा राज कुमारको सम्पादन रहेको छ।