समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पुरा गर्ने पार्टी एमाले : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल,सुखी नेपालीको आकांक्षा पुरा गर्ने पार्टी भएको बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले जनविरोधी शक्तिहरुका अनुचित दुष्प्रयासले केही समय अवरोध पुर्‍याएपनि थाँती रहेका राष्ट्रिय समृद्धिका पाइलाहरुलाई उचाइमा पुर्‍याउन सबै तह र तप्कासँग एमाले सधैं सँगै रहने ओलीको सन्देशमा उल्लेख छ ।

‘जननिर्वाचित संविधानसभाले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा आाधारित राजतन्त्रलाई अन्त्य गरेर जनताको सर्वोच्चताको प्रणालीमा रुपान्तरण गरेको थियो’ सन्देशमा भनिएको छ ‘यस दिनले मुलुकको सार्वभौमसत्ता र राजकीय सत्ताको स्रोत नेपाली जनतामा निहित हुने ऐतिहासिक उपलब्धी हासिल गरेको थियो ।’

यसै परितवर्नत पछि नेपालले संघ,प्रदेश र स्थानीय तहको अभ्यास गरिरहेको अध्यक्ष ओलीको सन्देशमा उल्लेख छ ।

Back to top button