‘महिला पहिला’ अभियानसहित हिंसा विरुद्ध अघि बढ्ने मन्त्रालयको तयारी छ : रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले लैङ्गिक हिंसालाई कम गर्दै महिलाको समग्र विकास गर्नका लागि मन्त्रालयले ‘महिला पहिला’ भन्ने नारासहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनुभएको छ ।

मन्त्रालयले आज यहाँ आयोजना गरेको महिला उद्यमशीलता विकास प्रशिक्षण कार्यक्रमको समापन सत्रमा उहाँले ९५ प्रतिशतभन्दा बढी हिंसा घरभित्र हुने गरेको बताउनुभयो । उहाँले हिंसा विरुद्धको अभियानमा पुरुषलाई पनि समावेश गराउन मन्त्रालयले अभियान सुरुआत गर्न लागेको बताउनुभयो । घरेलु हिंसा विरुद्धको अभियानका साथै महिलाको नेतृत्व क्षमताको विकास गर्नु आवश्यक भएको उहाँको भनाइ छ । महिलाहरुको उद्यमशीलता प्रवद्र्धनका लागि मन्त्रालयले विभिन्न किसिमका सीप विकास तथा बजारीकरणसम्बन्धी तालिम सञ्चालन गरेको उहाँले स्पष्ट पार्नुभयो ।

Back to top button