बढ्यो सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर ९६ हजार ९०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ४०० रुपैयाँ निर्धारण भएको छ।

हिजो छापावाल सुन तोलाको ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको भाउ तोलाको ९५ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर १२ सय ४० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ प्रतितोला १२ सय ५ रुपैयाँ कायम रहेको थियो।

Back to top button