डेंगुका कारण मृत्यु हुनेको संख्या ३२ पुग्यो

काठमाडौं । नेपालमा डेंगु संक्रमणका कारण मुत्यु हुनेको संख्या ३२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को पछिल्लो विवरणअनुसार हालसम्म डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको हो।

यो संख्या नेपालमा डेंगु संक्रमण देखिएपछिको हालसम्मकै धेरै हो। यसअघि वि.सं. २०७६ सालमा लगभग १८ हजार संक्रमित देखिँदा ६ जनाको मृत्यु भएको थियो।

इडिसिडीका अनुसार संक्रमितको संख्या पनि २५ हजारभन्दा बढी पुगेको छ। हालसम्म संक्रमितको संख्या २५ हजार ५ सय ४३ जना पुगेको छ।

बागमती प्रदेशमा मात्रै १९ हजार ९ सय १० जना डेंगु संक्रमित भेटिएका छन्। यस्तै लुम्बिनी प्रदेशमा २ हजार ८ सय ८७ जना, गण्डकी प्रदेशमा ५ सय ५६ जना, मधेश प्रदेशमा ३ सय ८० जना संक्रमित भेटिएका छन् भने कर्णाली प्रदेशमा २ सय ३१ र सुदूरपश्चिम प्रदेशमा ८ सय ४ जना संक्रमित भेटिएको इडिसिडीले जनाएको छ।

विवरण अनुसार हाल काठमाडौंमा ८ हजार ८ सय ९६ जना संक्रमित छन् भने ललितपुरमा ६ हजार ३५ जना संक्रमित रहेका छन्। भक्तपुरमा पनि डेंगु संक्रमण बढ्दै गएको छ। हाल भक्तपुरमा १ हजार ५८ जना संक्रमित रहेका छन्।

यस्तै मकवानपुरमा २ हजार २ सय ७५ जना, दाङमा १ हजार २ सय ७८ जना, रुपन्देहीमा ७ सय २५ जना, चितवनमा ६ सय १ धादिङमा ४ सय ४९ गुल्मीमा २ सय ९९ र कैलालीमा २ सय ९८ जना डेंगु संक्रमित रहेका छन्।

Back to top button