मोरङ ६ (१) मा माओवादी केन्द्रका आचार्य विजयी

विराटनगर । मोरङको क्षेत्र नं. ६ (१) मा माओवादी केन्द्रका जीवन आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेकपा एमालेकी रिता न्यौपानेलाई पराजित गर्दै उहाँ प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

आचार्यले न्यौपानेलाई १ हजार ८ सय ८२ मतले पराजित गर्नुभएको हो । आचार्यले १९ हजार ४५४ मत ल्याउँदा निकटतम प्रतिष्पर्धि एमालेकी न्यौपानेले १७ हजार ५७२ मत ल्याउनुभएको छ ।

आचार्य २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका चुमनारायण तबदारसँग पराजित हुनुभएको थियो । त्यसपछि आचार्य पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयमा रहेर काम गर्नुभएको थियो । उहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ हुनुहुन्छ ।

Back to top button