भन्सार छलिका सामान बरामद

विराटनगर । मोरङका विभिन्न स्थानबाट भन्सार छली गरि ल्याइएको करिब ६ लाख मुल्य बराबरको कपडालगायतका सामान प्रहरीले बरामद गरेको छ ।

प्रदेश १–०४–००१ ह. ०१८० नम्बरको सिटिमा ल्याउँदै गरेको लेडिज– जेन्ट्स र बच्चाका लत्ताकपडा बरामद भएको हो । विराटनगर महानगरपालिका वडा नं.– १५ का १८ वर्षीय सहवाज आलम २० वर्षीया महरिया खातुन, ३० वर्षीया खातुन मिया र जिल्ला सुनसरी बर्जु गाउँपालिका वडा नं.३ का ३५ वर्षीय महेश साहले उक्त सामान भन्सार छलि गरि प्रहरीले जनाएको छ ।

अन्दाजी मुल्य ५ लाख ५० हजार ५ सय मूल्य बराबरको बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

Back to top button