कांग्रेस १४ औं महाधिवेशन : उम्मेदवारी फिर्ताका लागि डेढ घण्टा समय थपियो

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उम्मेदवारी मनोनयन फिर्ताका लागि समय थप भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी फिर्ताका लागि डेढ घण्टा समय थप गरेको हो ।यसअघि ११ बजेसम्म उम्मेदवारी फिर्ताका लागि समय छुट्ट्याइएकोमा अब मध्याह्न साढे १२ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सकिनेछ ।

त्यसपछि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । मतदान भने भोलि बिहान ८ बजेबाट हुने कार्यतालिका रहेको छ ।

Back to top button