ए डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । काठमाडौंको त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लब खेल्दैछन् ।

भने दोस्रो खेल मनाङ मर्स्याङ्दी र मच्छिन्द्र क्लबबिच हुने छ । पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ भने दोस्रो खेल पौने ५ बजे शुरु हुनेछ ।

हिमालयन शेर्पा क्लब ५ खेलमा एक जित, दुईमा बराबरी र दुईमा हारसहित ५ अङ्कका साथ तालिकाको नवौँ स्थानमा छ । समान खेलमा एक जित, एक बराबरी र तीन वटामा पराजित च्यासल युथ क्लब ४ अङ्कका साथ १३औँ स्थानमा छ ।

अङ्क तालिकामा मनाङ शीर्ष स्थानमा छ। उसको चार जित र एक बराबरीसहित १३ अङ्क छ । त्यस्तै दोस्रो स्थानमा रहेको मच्छिन्द्रले तीन जित र दुईमा बराबरी खेल्दै ११ अङ्क जोडेको छ ।

Back to top button