प्रधानमन्त्री कप क्रिकेट : टस जितेको पुलिस फिल्डिङमा

काठमाडौं । प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लब विरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान १० बजे सुरु भएको खेलमा दुई विभागीय प्रतिद्वन्द्वीबीचको खेल जारी छ ।  पुलिस सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलमा पुगेको हो।

यस्तै, सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मीमाथि ४७ रनको जित निकाल्दै फाइनल यात्रा तय गरेको एपिएफ समूह बीको विजेताको बन्दै अन्तिम चारमा आइपुगेको थियो।

Back to top button