आज मातातिर्थ औंसी, आमाको मुख हेरेर मनाईदै

विराटनगर । आज वैशाखकृष्ण पक्ष औँसी तिथी अर्थात मातातिर्थ औंशी । आजको दिन सम्मानस्वरुप जन्मदाता आमाको मुख हेर्ने पर्व ।आमालाई मीठामीठा खानेकुरा, कपडा गहनालगायतका उपहार दिई श्रद्धा र भक्तिसाथ मनाइने गरिन्छ ।

शास्त्रमा उपाध्याय पण्डित, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उहाँले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

Back to top button